Kalinchowk trek is located in the eastern hilly region of Nepal in the Dolakha district. Kalinchowk trek is famous for Kalinchowk Bhagwati Temple which is located on the top of a hill at the altitude of 3842M. This temple belongs to goddess Bhagwati famous for the fulfillment of pilgrim's pray & desires. Besides the pilgrimage, it offers a stunning view of Mt Gaurishankar, Jugal, and Annapurna & Everest. Another impressive factor of this trek is we can see many different people from different cultures & castes living with harmony and multi-culture like Sherpa, Tamang & Brahmin, Chhetris can be seen during the journey. Rhododendron forest, birds & animals found in this region is another highlight. This region is located in the Gaurishankar conservation area where two famous rivers Sunkoshi & Tamakoshi originate which later reaches river Koshi one of the largest rivers in Nepal. Taking a few hours hike from Kuri 3200 m Kalinchowk Bhagwati temple can be reached which is located at the top of a hill.

 

कालिञ्चोक दर्शन लिमिटेड द्धारा संचालीत कालिञ्चोक केवलकारको एक परिचयः


कालिञ्चोक भगवती  नेपालको मध्यमाञ्चल विकाश क्षेत्रको प्रदेश न. ३ जनकपुर अञ्चल दोलखा जिल्लामा  अवस्थित एक धार्मिक पर्यटकीय स्थल हो । दोलखा जिल्लाको सदरमुकाम चरिकोटवाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालीकामा अवस्थीत यो मन्दिर ३८४२ मिटरको उचाईमा रहेको छ । प्रसिद्ध पाथिभरा देवी मन्दिरको उचाई ३७९४ मिटरमा रहेकोले कालिञ्चोक भगवती पाथीभरा देवी भन्दा ४८ मिटरले अग्लो स्थानमा रहेको छ ।  


क. यस स्थानमा पुग्ने जो कोहि उच्च हिमाली श्रृंखलाहरु लगाएत गौरीशंकर हिमाल र अन्य हिमश्रृंखलाहरुको सहज दृष्य अवलोकन गर्न पाउने छन् । 
ख. हिन्दुहरुको आस्थाको धरोहरको रुपमा रहेको कालिञ्चोक भगवतीको दर्शन गर्नाले मनमा चिताएको कुरा पुग्ने , रोग अन्य कष्टबाट मुक्ती पाइने र धन, सम्पती, शिक्षा आदि प्राप्ती गर्ने  ममताकी देवीको रुपमा प्रख्यात यस मन्दिरको दर्शन गर्न  देश विदेशवाट समेत हिन्दु, बौद्ध लगाएतका अन्य धर्मालम्वीहरु आउने परम्परा छ 
ग. यस वाहेक हिमश्रृंखलाको दृस्यावलोकन एवं चौरी अध्ययन अनुसन्धान तथा जडिबुटीहरुको खोज र अनुसन्धान, साथै हिउँ खेल्ने, स्की खेल खेल्ने लगाएतका पर्यटकहरुको समेत भिड लाग्ने गर्दछ  । तराई र काठमाडौंको गर्मी छल्न  यस स्थानलाई छनोट गर्ने गरिएको छ । हालको प्रक्षेपण अनुसार वार्षिक ३  लाख भन्दा बढी धार्मिक तथा अन्य विविध(स्वदेशी, विदेशी) पर्यटकहरुले यस क्षेत्रको भ्रमण गर्ने र पुर्वाधार विकाश(बाटो) को समुचित व्यवस्थापन पछि यो संख्या बढ्दै जाने देखिन्छ ।
घ. नेपाल सरकार पर्यटन मन्त्रालय पर्यटन विभागले  मुलुकका १०० वटा प्रमुख गन्तव्य स्थानहरु मध्ये कालिञ्चोक भगवतीको मन्दिर क्षेत्रलाई पनि समावेश गरेको छ । जस्को कारण पनि यो क्षेत्र पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । 
ङ. उक्त स्थान अति नै महत्वपुर्ण धार्मिक र पर्यटकिय स्थल भएकोले भक्तजनहरुलाई सहज ढंगले दर्शन गराउनको लागि यो केवलकारको निर्माण गरिएको हो । 
पर्यटन प्रबर्धन र विकाश ः
 पर्यटकीय दृष्टीकोणले उययुक्त ठानिएको कालिञ्चोक र कुरी क्षेत्र असाध्यै रमणिय र उच्व स्थान समेत भएकोले विभिन्न हिमश्रृखला तथा हिमाल, पहाडको दृश्यावलोकन , हिउँको स्कि खेल , विभिन्न जरीबुटी तथा गुराँसको अध्ययन अनुसन्धान लगाएत ट्रेकिङ्ग को साथै केवलकार चढेर मज्जालिने धार्मिक तथा वातावरणीय पर्यटकहरुको  गन्तव्यको रुपमा विकशित कालिञ्चोक क्षेत्रमा कालिञ्चोक भगवतीको दर्शन तथा समयानुकु पर्वितन हुने त्यस क्षेत्रको वातावरणले जो कोहि लाई मन्त्रमुग्द बनाउने छ । यसै कारणले बर्षेनी आउने धार्मिक एवं  अन्य पर्यटकहरुको संख्यामा केवलकार संचालन पछि अत्याधिक बृद्धी भएको कारण स्थानिय स्तरमा होटल तथा अन्य व्यवसाय संचालन र रोजगारीको क्षेत्रमा नयाँ ढोका खुलेको जो कोहिले स्विकार गर्न सकिन्छ ।  

केवलकार व्यवसाय संचालनबाट आर्थिक एवं सामाजिक र सांस्कृतिक रुपमा टेवा मिल्ने छ:

  1. स्थानिय स्तरमा पानी, विजुली, वाटो र अन्य विकाशका पुर्वाधारहरुको निर्माण र संचालन ।
  2. धार्मिक, मनोहर दृष्यको दृष्यावलोकन भ्रमण र अध्ययन अनुसन्धान ।
  3. हालको अवस्थामा  स्थानियहरुले  प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी प्राप्त गर्न सक्ने ।
  4. रोजगार, धर्म, संस्कृती र पर्यटन वातावरणको संरक्षण संवर्धन ।
  5. वार्षिक  रुपमा करोडौको राजस्व राज्यलाई प्राप्त हुने ।
  6. यो क्षेत्रबाट विभिन्न हिमाल तथा पहाडको दृश्यावलोकोन, गुराँस तथा जरीबुटी, गाई, भेडा , चौरी पालन सम्बन्धी अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकसित हुदै गएको ।
  7. वर्षमा करिव ५ महिना लगातार हिमपात हुने भएकोले हिउँमा खेलिने खेल स्की तथा अन्य हिउँमा रमाउने आन्तरिक तथा वाह्य पर्यटकहरुको ठुलो सख्यामा आवगमन हुने ।
  8. तराईको गर्मि छल्न तथा छिमेकि मुलुक भारत बाट समेत सितल स्थानको खोजि तथा प्रसिद्ध कालिञ्चोक भगवतीको दर्शन गरि सिद्धि प्राप्त गर्न । 

 

केवुलकार निम्न कारणहरुले गर्दा सधै बिषेश र पर्यटकिय हिसावले सधै महत्वपूर्ण रहिरहने छ :

  1. केवुलकार अत्याद्युनिक स्विस प्रविधिद्धारा निर्माण  गरिएको । 
  2. कालिञ्चोक भगवतीको वास स्थान तथा ऋषि मुनिहरुले तपस्या गरेको तपो भूमि ।
  3. गौरी शंकर हिमालको काखमा ३८४२ मिटर उचाईमा रहेको । 
  4. हिन्दुहरुको महान तिर्थस्थलको रुपमा परिचित  ।
  5. मनोकाक्षां पुराहुने कालिञ्चोक भगवती माताको दर्शन । 
  6. सुनकोशी र  तामाकोशी  नदीहरुको उद्गम स्थल(शिर)  । 
  7. सयौ हिमश्रृंखला तथा मनमोहक दृष्यहरुको अवलोकन हुने । 
  8. चौरीको अवलोकन तथा हिंउसगको छुट्टै मज्जा लिन पाईने । 
  9. सयौ प्रकारका लालीगुरांसहरुको रमणिय दृष्यावलोकन हुने । 
  10. केवलकारको स्टेशन सम्म गाडी  बाट आवत जावत गर्न सकिने । 
  11. काठमाण्डौ बाट १५० कि.ली . को दुरीमा रहेको । 
  12. स्थानिय बजारमा होटल लज   तथा खानपिनको व्यवस्थाभएको । 
  13. प्रसिद्ध शक्ती पिठ दोलखा भिमेश्वरको दर्शन ,  शैलुङ्ग, विगु गुम्वा , अपर तामाकोशी हाईड्रो पावर , जिरी लगाएत अन्य पर्यटकिय स्थानहरुको  भ्रमण हुने  । 
  14. भारत, बंगलादेश  तथा   चिनिया  पर्यटकहरुको समेत आवागवनमा लगातार बृद्धि हुदै गएको ।
  15. प्रत्यक्ष अगाडी देखिने हिम श्रृँखलामध्ये गौरी शँकर हिमाल जस्ले नेपालको समय निर्धारण समेत गर्दछ । 
  16. कालिञ्चोक भगवती मन्दिर परिसर सम्म पुग्दा आफुलाई आकाश छोयको महशुस हुने । 


केवलकार मार्फत प्राप्त  सुविधाहरु:   

  1. कंपनीले  कालिञ्चोक  क्षेत्रलाई धार्मिक एवं पर्यटकिय क्षेत्रको रुपमा विकाश गर्ने । यस्का लागी कंपनीले  आन्तरिक पर्ययटकहरुलाई प्रबर्धन हुने गरि  देशका  विभिन्न भागहरु विरगञ्ज , जनकपुर, धरान , विराटनगर ,  झापा, धनगढी, नेपालगञ्ज ,चितवन लगाएतका जील्लाहरुमा बिशेष प्रचारप्रसार गर्ने त्यसैगरि छिमेकी मुलुक भारतका सितामढी, रक्सौल, जोगमनी, पानी ट्याङकी लगाएतका स्थानहरुको छनोट गरि सम्पर्क सुत्र कायम गरिएको छ ।  
  2.  कंपनीका काम कार्यवार्ही सम्बन्धमा कंपनीको वेवसाईट मार्फत सबै जनमानसमा  सुचना प्राप्त हुने व्यवस्था मिलाईएको   छ । 
  3.  केबलकारको संचालन परिक्षणको पूर्ण सफलता पछि  यस बर्ष पनि स्विजरल्याड बाट दक्ष्य ईन्जिनियरहरुको टोली झिकाई  सुरक्षा परिक्षण गरिएको छ । 
  4.  केवलकारले सर्वसाधरणको लागि प्रति व्यक्ति रु.६००÷– (छ सय ) दुवै तर्फको आवत जावत टिकट दर तोकेको छ र टिकटमा शेयर धनि , जेष्ठ नागरिक , पत्रकार, विद्यार्थी, अपाङ्ग तथा स्थानिय वासिन्दाहरुलाई  प्रति व्यक्ति रु.५०० सय दुवै तर्फको आवत जावत टिकट दर तोकेको छ । त्यसै गरि ८० बर्ष उमेर नाघेका बृद्ध, बृद्धाहरुलाई निशुल्क गर्ने व्यवस्था मिलाईएको छ ।   
  5.  कुनै धार्मिक संघ,संस्था, विधालय, क्याम्पस वा सहकारीहरुको समुह गाडी रिर्जभ गरि आएमा आयोजक, ड्राईभर  लाई संख्याहेरी निश्चित प्रतिसत छुट वा पासको व्यवस्था गरिने छ ।
  6.  हाल कुरी कालीञ्चोक सम्मको बाटो मर्मत संचार र व्यवस्थीत हुने क्रममा रहेको कतिपय स्थानमा केवुलकार आफैले  मर्मत गरेको र यस बाटोलाई पुर्णरुपले साना साना सवारी साधनहरु हिउँद , बर्खा  सदावहार संचालन हुने गरि व्यवस्था मिलाउन कंपनी लागि रहेको छ ।
  7.  केवलकारको बिशेष प्रयासमा हाललाई अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ र यस चौकीलाई स्थायी बनाउने प्रयासमा  समिति लागेको छ । यस बाट भक्तजनहरुमा कुनै प्रकारको  असुरक्षाको  वातावरण हुने छैन ।  

अन्त्यमा,

नेपाल सरकार पर्यटन ,सँस्कृती तथा नागरिक उड्डगन मन्त्रालयले यस आ.व . २०७५ सालको द्यभकत त्यगचष्कत म्भकतष्लबतष्यल ब्धबचम  कालिञ्चोक दर्शन लिमिटेडलाई प्रदान गरेको छ । यस  ब्धबचम ले हामी थप  उत्साहित र सकारात्मक भएका छौ । देशका अन्य उपयुक्त क्षेत्रमा समेत यस प्रकारका पर्यटन प्रबधर््ानका कार्य गर्ने हामीमा उत्साह पलाएको छ । 


 स्थानिय स्तरमा कालिञ्चोक केबुलकार संचालन हुनु पुर्व दोलखाको कुरी क्षेत्रमा सामान्यतया थामी ,  लामा तथा तामाङ जातिको परम्परागत वसोवास हुने र चौरी पालनको मात्र व्यवसाय हुन्थ्यो । हालको अवस्थामा केवलकार निर्माण पछि होटल हरुको थप निर्माण ,  वाटो, धारो, पानी, विजुली लगाएतको पुर्वाधार तयार भएको र मन्दिर क्षेत्र समेत थप व्यवस्थित भएकोले वाहिरवाट आउने पाहुना-पर्यटकहरुको घुइँचो लाग्ने अवस्थामा  छ ।  सयौंको संख्यामा साना ठुला होटल तथा खुद्रा ब्यापार ब्यवसायको कारण उनिहरुको जीवन स्तरमा छोटो अवधीमा नै ठुलो परिवर्तन आएको र यो क्रम अझै बढ्दै जाने सहज अनुमान गर्न सकिन्छ । 

तसर्थ : 
 छोटो अवधीमा नै यो क्षेत्र मुलुकको एक प्रमुख धार्मिक एवं पर्यटकीय स्थानको रुपमा विकाश हुने विश्वास गर्न सकिन्छ । यस आ.व.मा  कालिञ्चोक दर्शन लि. ले ५ लाख पर्यटकहरुलाई  यस क्षेत्रमा अवलोकन एवं दर्शनको लागी  आगमन गराउने लक्ष्य लिएको छ । लक्ष्य हाँसिल गर्न खाँडी चौर देखि चरिकोट सम्मको बाटो तथा चरिकोट देखि कुरी कालिञ्चोक सम्मको बाटो  सुधार हुनु  , पर्यटन सूचना केन्द्रको स्थापना तथा कुरी क्षेत्रमा प्रहरीचौकीको स्थापना समेत भएकोले  पर्यटक तथा भक्तजनलाई थप सहज भएको छ । 
 धन्यवाद ।।

Our Mission

Our mission is to create an “integrated tourist destination” and deliver superior product and services through the pioneering idea that empowers our; customers, stakeholders and society as a whole.

Kalinchowk trek is located in the eastern hilly region of Nepal in Dolakha district. Kalinchowk trek is famous for Kalinchowk Bhagwati Temple which is located on the top of a hill at the altitude of 3842M. This temple belongs to goddess Bhagwati famous for the fulfillment of pilgrims pray & desire. Besides the pilgrimage, it offers a stunning view of Mt Gaurishankar, Jugal, and Annapurna & Everest. Another impressing factor of this trek is we can see many different people from different culture & caste living with harmony and multi-culture like Sherpa, Tamang & Brahmin, Chhetris can be seen during the journey. Rhododendron forest, birds & animals found in this region is another highlight. This region is located in Gaurishankar conservation area where two famous river Sunkoshi & Tamakoshi originates which later reaches river Koshi one of the largest rivers in Nepal. Taking a few hours hike from Kuri 3200 m Kalinchowk Bhagwati temple can be reached which is located at the top of a hill.

-