कालिञ्चोक दर्शन लिमिटेड (कालिञ्चोक केबलकार), दोलखाले सरकारलाई आर्थिक राहत सहयोग स्वरूप 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा रु. ११,११,१११/- (एघार लाख एघार हजार एक सय एघार रुपैयाँ) प्रदान गरेको छ।
उक्त रकम बराबरको चेक कम्पनीका मेनेजिङ डाइरेक्टर अशोक शिवाकोटीले माननीय अर्थमन्त्रीलाई हस्तान्तरण गर्नुभएको हो।
विभिन्न दैवी प्रकोपका समयमा कम्पनीले यसअघि पनि सरकार, विभिन्न सामाजिक संघ-संस्थाहरू मार्फत र पिडितहरूलाई सीधै सहयोग गर्दै आएको छ। आगामी दिनहरूमा समेत यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले जनाएको छ।